प्रहार समाचार । काठमाडौं,५ माघ २०८१ शनिवार । आइसिसी यू-१९ महिला विश्वकप आजदेखि सुरू हुँदैछ। आजदेखि सुरू हुने विश्वकपमा नेपालले पनि आज नै खेल्दैछ। नेपाली महिला टोलीले पहिलो पटक विश्वकप खेल्न लागेको हो।

मलेसियाको बांगीमा रहेको युकेएम क्रिकेट ओभलमा आज मध्याह्न १२ बजे नेपालले समूह चरणको पहिलो खेल बंगलादेशसँग खेल्दैछ।
सुपर सिक्समा पुग्न नेपालले कम्तिमा एउटा टिमलाई पराजित गर्नुपर्नेछ। नेपालले ७ गते स्कटल्याण्डसँग र ९ गते अस्ट्रेलियासँग खेल्नेछ।


























