प्रहार समाचार । तनहुँ, ५ माघ २०८१ शनिवार। तनहुँको भानु नगरपालिका भानु ५ को स्याउली पसलमा ‘पोषिलो आहार , बाख्रा पालनमा गुणस्तर सुधार’ भन्ने नाराका साथचौथो राष्ट्रिय बाख्रा दिवस मनाइएको छ। त्यस अवसरमा स्थानिय तथा उन्नत जातका बोका पर्दशनी तथा उत्कृष्ट बोका छनोट प्रतियोगिता समेत सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले नेपालको आर्थिक समृद्धि कृषिबाट हुने भएकाले कृषिमा आधुनिकिकरण गर्दै रोजगारीको सृजना गर्नु पर्नेमा जोड दिए ।

नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद सुवेडीले नेपालको बाख्राको मासुमा नेपाल आत्मनिर्भर तर्क पुगिसकेको उल्लेख गर्दै सरकारले वास्तविक पशुपालक कृषकहरुलाई उत्पादनका आधारमा पर्यप्त अनुदान दिनु पर्ने बताए ।
महासचिव तारानाथ पौडेलल, गण्डकी प्रदेशका अध्यक्ष यामप्रसाद आचार्य, वरभञ्ज्याङ बाख्रा पालक समूहका अध्यक्ष कृष्ण सिंह ठकुरी, सदस्य पुष्पा शाही लगायले वास्तविक कृषकहरुलाई सरकारले उपेक्षा गरेको चर्चा गर्दै झोले कृषकहरुलाई अनुदान दिन नहुनेमा खबरदारी गरेका थिए ।

३८ बोकाहरु सहभागी गराइएको प्रतियोगितामा स्थानीय जाततर्फ चोपकान्त पोखरेल (भानु-५) र उन्नत जाततर्फ मान सिं गुरूङ (भानु-९) काे बाेका पहिलाे , स्थानीय तर्फ बिमला अधिकारी (भानु-६) उन्नत तर्क काजि थापा (भानु-६) काे बाेका दाेस्राे, स्थानीय तर्फ रोमन बावु अधिकारी (भानु-५) र उन्नत तर्क राम बहादुर गुरूङ (भानु-१) तेस्राे र स्थानीय तर्फ काजिराम अधिकारी (भानु-५) र उन्नत तर्क तिल कुमारी अधिकारी (भानु-४) काे बाेकाले सान्त्वना स्थान प्राप्त गरेकाे नेपाल बाख्रा पालक महासंघ तनहुँका पूर्व अध्यक्ष कुशलचन्द्र अधिकारीले जानकारी दिए ।

प्रदर्शनीमा प्रथम हुने बोका धनीलाई स्थानीय जात तर्फ १० हजार, उन्नत जात तर्फ १० हजार र द्वितीय हुनेलाई ८ र ८ हजार , तृतीय हुनेलाई ६ र ६ हजार र सान्त्वना हुनेलाई ४ र ४ हजार रुपैंया पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको नेपाल व्यवसायिक बाख्रापालक महासंघका केन्द्रीय सदस्य कुशलचन्द्र अधिकारीले बताए ।

उक्त बोका प्रदशनी प्रतियोगिता भानु नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ, बरभञ्ज्याङ बाख्रा पालक समूह र नेपाल व्यवसायिक बाख्रा पालक महासङ्घको सयुक्त आयोजनामा भएको थियो ।


























