हेडलाईनसमाचारभानुगण्डकीविजनेस

बाख्रा पालक कृषकहरुलाई राहत : तनहुँको भानुमा  बोका पर्दशनी सुरु

प्रहार समाचार । तनहुँ, ४ माघ २०८१ शुक्रवार । बाख्रा पालक कृषकहरुलाई राहत दिने उद्देश्यले तनहुँको भानु नगरपालिका  भानु ५ को स्याउली पसलमा राष्ट्रिय बाख्रा दिवसको अवसरमा आज बोका  पर्दशनी सुरु गरिएको छ ।

‘पोषिलो आहार , बाख्रा पालनमा गुणस्तर सुधार ’ भन्ने नाराका साथ बोका प्रदर्शनी गरिएको नेपाल व्यवसायिक बाख्रा पालक महासङ्घका केन्द्रीय सदस्य कुशलचन्द्र अधिकारीले बताए । प्रर्दशनीमा बोका प्रदर्शनी सहित  प्रयोगिता समेत राखिएको पोखरेलले बताए ।


भानु नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ, बरभञ्ज्याङ बाख्रा पालक समूह र नेपाल व्यवसायिक बाख्रा पालक महासङ्घको सयुक्त आयोजनामा गरिएको हो । 

प्रदर्शनीमा प्रथम हुने बोका धनीलाई स्थानीय जात तर्फ १० हजार, उन्नत जात तर्फ १० हजार र द्वितीय हुनेलाई ८ र ८ हजार , तृतीय हुनेलाई ६ र ६ हजार र सान्त्वना हुनेलाई ४ र ४ हजार रुपैंया पुरस्कारको ब्यवस्था गरिएको भानु नगरपालिकाका पशुपंछी तथा मत्स्य बिकास शाखाका प्रमुख एवं पशु विकास अधिकृत सुशील ऐरीले बताए ।


स्थानीय तथा उन्नत बोका प्रदर्शनी हुन लागेको भानु नगरपालिकाका पशुपंछी तथा मत्स्य बिकास शाखाका अमित ढुँगानाले जानकारी दिए । कार्यक्रममा बोका प्रदर्शनी , बाख्राको उत्पादन परिकार प्रदर्शनी, बाख्राको सुधारिएको मलको प्रदर्शनी , मनोरञ्जन तथा साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम रहेको नगरपालिकाका प्रशासकीय अधिकृत सुनिल पाण्डेले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button