हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

इसराइल र हमासबीच गजामा युद्धविराम गर्ने सहमति : विपिन जोशी छिट्टै रिहा हुने

प्रहार समाचार । काठमाडौ, ४ माघ २०८१ शुक्रवार ।  १५ महिनादेखि चलेको रक्तपात तथा हिंसा अन्त्य गर्दै इसराइल र हमासबीच गजामा युद्धविराम गर्ने सहमति भएको छ।

कतार, इजिप्ट र  संयुक्त राज्य अमेरिकाक लगातारको प्रयत्न पछि  सफल भएको र हमास र इसराइलबीच युद्धविरामको सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले पत्रकार सम्मेलनमा दुई पक्षबीच युद्धविरामको सम्झौता भएको जानकारी दिएका समाचार संस्था रोयटर्सले जनाएको  छ। मध्यरातमा भएको ब्रेकथ्रुमा हमास, इसराइल, अमेरिकी राष्ट्रपति जो बाइडेन र जनवरी २० देखि राष्ट्रपति पद सम्हाल्न लागेका डोनाल्ड ट्रम्पका प्रतिनिधिहरू पनि थिए ।

विपील जोशी रिहा हुन सक्ने सम्भावना बढ्यो:

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का  विपिन जोशी  अघिल्लो वर्षको भदौमा इजराइल गएका थिए। उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘लर्न एन्ड अर्न’ पुगेका थिए । उनि युद्धका क्रममा वंकरभित्र लुकेर मुस्कीलले बाँचेका थिए । हमासको बन्धकमा परेका  नेपालका विपीन जोशी पनि अब छिट्टै रिहा हुने आशा पलाएको छ । यता संसदीय समितिको बैठकमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले विपिन जोशी जिवित रहेको र चाँडै नेपाल फर्कने बताएकी थिइन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button