• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । ३ माघ २०८१ बिहीवार । जिल्ला प्रशासन कार्यालय लमजुङले बेसीशहर नगरपालिका वडा नम्बर-३, रानीकुवामा रहेको जय भद्रकाली पेट्रोलपम्पमा बुधबार अनुगमन गरेको छ । तस्विर : फाइल फोटो

जिल्ला प्रशासन कार्यालयको रोहवरमा आयल निगमका प्राविधिकहरुले अनुगमन गरेका हुन । अनुगमनमा पेट्रोलपम्पमा परिणाम र गुणस्तरमा कुनै गल्ती नभेटीएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले प्रहार समाचारलाई जानकारी दिए।
सूचना अधिकारी गौतमका अनुसार पेट्रोलपम्पको तेलमा मिसावट भएको भन्दै केहि समय अघि जिल्ला प्रशासन कार्यालयमा गुनासो सहित उजुरी परेको र उजुरी पश्चात प्रशासनले सो पेट्रोलपम्पको परिक्षणका लागि प्राविधिक पठाउन आयल निगमलाई अनुरोध गरेको थियो । सोहि बमोजिम अनुगमन गर्दा पम्पमा कुनै पनि मिसावट नभएको पाइएको थियो ।
त्यसैगरी जय भद्रकाली पेट्रोलपम्पका सञ्चालक श्रीकान्त घिमीरे भन्छन- “विगत लामो समय देखी सञ्चालित यस पेट्रोलपम्पमा कानुन विपरित उपभोक्तालाई हानी हुने कुनै गतिविधी भएको छैन, कुनै व्यक्ती विशेषले पुर्वाग्रहि भएर उजुरी गरेको हुन सक्छ ।’ उनले कोहि कसैले व्यवसायिक रुपमा अफवाह फैलाउन, अराजक गतिविधी गरे पनि प्रशासन र सम्वन्धित निकायबाट भएको अनुगमनले राम्रो सन्देश दिएको बताए । प्रशासनले पनि जिल्लामा भएका सबै पम्पहरुको उजुरी नगरे पनि समय समयमा अनुगमन गर्ने गरेमा त्यसले उपभोक्ता र व्यवसायी विच विश्वासनिय बातावरण बन्ने जिल्ला बासिहरुको धारणा छ ।


























