प्रहार समाचार । तनहुँ, ३ माघ २०८१ बिहिवार । तनहुँको सदरमुकाम दमौलीमा हिंजोबाट सुरु भई आज समापन भएको अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि तनहुँको व्यास नगरपालिका वडा नं २, दमौलीमा रहेको सत्यवती माध्यामिक विद्यालयले जित्न सफल भएको छ।

हैरान्स क्लव दमौलीले आयोजना गरेको उक्त प्रतियोगितामा सत्यवती माविका विद्यार्थीले छात्र / छात्रा दुबैतर्फको उपाधि जित्न सफल भएका हुन् ।
त्यसैगरी प्रतियोगितामा छात्र तथा छात्रा दुबैतर्फ निर्मल मावि भादगाउँ दोस्रो भएको छ । विजयी दुबै विद्यालयका विद्यार्थीहरुले ट्रफी , मेडल र प्रमाणपत्र हात पारे ।

बास्केटबल खेलमा छात्र / छात्राहरुमा आकर्षण बढाउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको हैरान्स क्लव दमौलीका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । प्रतियोगितामा जिल्लाका ९ विद्यालयका १३ टिमको सहभागीता रहेको थियो ।

प्रतियोगितामा बिजयी खेलाडीहरूलाई व्यास नगरपालिका वडा नं २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, वडा नं ३ वा अध्यक्ष अनुप राना, वडा नं ६ का अध्यक्ष एवं व्यास नगरपालिकाका खेलकुँद समितिका संयोजक जीवन गुरुङ, वडा नं २ का सदस्य सुरेश वाग्ले लगायतले संयुक्त रूपमा पुरस्कार वितण गरेका थिए ।

क्लवका अध्यक्ष विनोद थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सचिव उज्ज्वल भट्टराईले सहजिकरण गरेका थिए।
यसै बिच आफ्नो विद्यालयका विद्यार्थीहरु प्रथम भएपछि सामाजिक संञ्जाल फेसबुक मार्फत सत्यवती माविका प्रधानाध्याप पुष्पकला भट्टराईले फोटो पोष्ट गर्दै बधाई दिएकी छिन् ।



























