प्रहार समाचार । तनहुँ,३ माघ २०८१ बिहीवार ।
तनहुँ महोत्सवमा दिनहुँ दर्शकको भीड लागेको छ । बिहीबार सम्ममा ६५ हजार दशर्ककले अवलोकन गर्नुका साथै दुई करोड २५ लाखको कारोबार भएको महोत्सवका प्रवक्ता तथा तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव सुवोध अधिकारीले बताए ।

‘हामीले आशा गरे अनुरुपको दर्शकको भीड लाग्यो उत्साह मिलेको छ ।’ – प्रवक्ता अधिकारीले भने । महोत्सवमा विहान ११ बजे सम्म निशुल्क प्रवेशको व्यवस्था गरेकोले दर्शको भीड लागेको उनको भनाई छ।

महोत्सवमा टिकट काट्नेले बन्दीपुर केवलकारको यात्रामा, शाहसिस खेल तथा खानामा २५ प्रतिशत छुटको अफर असार मसान्त सम्म पाउने भएकोले दर्शकलाई दोहोरो फाइदा भएको महासचिव अधिकारीले बताए । ‘बिहान चाँडै आउनेले निशुल्क प्रवेश पाएका छन्, टिकट काट्नेले बन्दीपुर केबलकारमा छुट पाएका छन्, महोत्सव एक फाइदा अनेक भएको छ ।’ – उनले थपे ।

महोत्सवमा भोली मोडेल लोमश शर्मा र गायिका अस्मिता अधिकारी महेश काफ्ले, वृन्दा परियार आउने भएका छन्। तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको सहआयोजनामा पुस २५ देखि सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्नेछ ।


























