हेडलाईनसमाचारगण्डकीविजनेसनगरपालिका /गाउँपालिकामनोरञ्जन

९औं तनहुँ  महोत्सव :  शान्तिश्री परियार र बसन्त विकले तताए मञ्च 

प्रहार समाचार । तनहुँ,३ माघ २०८१ बिहीवार । तनहुँको सदरमुकाम दमौलीमा जारी ‘नवौ तनहुँ महोत्सवमा’ मा गायिका शान्तिश्री  परियार र बसन्त वि क को  प्रस्तुतिमा दर्शकहरुले भरपुर आनन्द लिए ।

महोत्सवमा मुख्य आकर्षणका रुपमा उपस्थित शान्तिश्रीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाइन र आफू पनि नाचिन्  । शान्तिश्रीको गीत सुन्न आएका दर्शकले ठूलो स्वरमा हुटिङ गर्दै साथ दिएका थिए ।

भरिभराउ दर्शकका माझ शान्तिश्रीको  ‘लाउन दाजै पिरती…’  माली गाईलाई बाधेको दाम्ला, मेरो माया छोडेर कहा जाम्ला ।’ गीतमा दर्शक रोमान्टिक बने । परियारको ‘रुकुमकोट हान माया चौका दाउ हुकुमको..’ ले भने दर्शक झुमे । उनले  ‘कम्मरैमा पटुकी कसेर, मुसुमुसु हासेकी बसेर…रुकुमै कोट…आखा नि राम्रै हो ।’ लगायत एक दर्जन दर्जन  गीत गाएकी थिइन्।

गोर्खे खुकुरी कम्मरमा, मन जित्यो मायाले पहिलो नम्बरमा…’ भाखासँग शान्तिश्रीसँगै दर्शकले समेत गीत आएका थिए । यस्तै शान्तिश्रीले आफ्नो चर्चित गीत ‘अरेली काडैले मलाई च्वास्सै, च्वास्सै’ बोलको गीत गाउँदा दर्शहरु बढि नाचेका देखिन्थ्ये । ‘गलबन्दी च्यातियो तिम्ले तानेर ’ बोलको चर्चित गीत गाएर गायिका शान्तिश्रीले प्रस्तुतिको बिट मारेकी थिइन् ।  

शान्तिश्रीको झण्डै एक दर्जन गीत प्रस्तुतिमा दर्शक निकै रमाएका थिए । बिहीबार शान्तिश्रीसँगै वसन्त विक, उमादेवी खनाल, समृद्धि परियार  र लक्ष्मी नेपालीको समेत प्रस्तुति रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button