हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अस्ट्रेलियमा कार दुर्घटना : नेपाली सहित चारको मृत्यू

प्रहार समाचार । अस्ट्रेलिया, ३ माघ २०८१ बिहीवार । अट्रेलियामा नेपाली मूलका एक व्यक्तिले चलाएको कार घटना भएको छ। दुर्घटनामा कार चालक सहित चार जनाको मृत्यू भएको छ।

समाचार संस्था सेभेनन्युजका अनुसार घटना
पश्चिम अस्ट्रेलियाको पर्थमा भएको थियो । उक्त घटनामा  नेपाली मूलका ४३ विषय रविन रावलले चलाएको कार अचानक ट्याक्सीसँग ठोक्किएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा  रावल सहित नाम नखुलेका ५८ वर्षीय ट्याक्सी चालक र ट्याक्सीमा सवार अरू दुई जनाको मृत्यु भएको थियो ।

ट्याक्सीमा परिचय नखुलेका चालकसहित ८१ वर्षीया र ५६ वर्षीया महिला सवार थिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको समाचार संस्था सेभेनन्युजले जनाएको छ। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button