प्रहार समाचार । तनहुँ, २ माघ २०८१ बुधवार । तनहुँको दमौलीमा जारी नवौ तनहुँ महोत्सवको सातौं दिन आज लोक गायक पशुपति शर्मा र प्रीति आलेको साङ्गीतिक प्रस्तुतिमा दर्शक हरुले भरपूर आनन्द लिए ।


कलाकार द्धय शर्मा र आलेका अतिरिक्त कमेडियहरु सुन्दरमणी खनाल र म्याकुरीको प्रस्तुतिमा दर्शक पेट मिचि हाँसेका थिए ।

दर्शकको बाक्लो उपस्थिति रहेको महोत्सवमा पशुपति शर्माले ‘स्याङ्जा जाने बाटोमा तनहुँ, बिर्सिजाने मायालाई के भनौं, ‘मलाई अमेरिका यै…’ ‘मेरो माया बसेको गाउँमा…,’ ‘माया भुल्ने के होला र दैव…’ लगायतका गितहरु प्रस्तुत गरेका थिए ।

गायिका प्रीति आलेले ‘बाँमरी बामरी’ लगायतका गितहरु प्रस्तुत गरेकी थिइन् भने शर्मा र आलेको प्रत्यक्ष दोहोरीलाई हर्शकहरुले रुचाएको देखिन्थ्यो ।

कार्यक्रममा गायिक उमादेवी खनालको प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो महोत्सवमा दर्शकहरुको भीड लागेकोले थप उत्साह मिलेको महोत्सवका प्रवक्ता तथा तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव सुवोध अधिकारीले बताए ।

महोत्सवमा भोलि शन्तिश्री परियार , वसन्त विक, उमादेवी खनाल, समृद्धि परियार र लक्ष्मी नेपालीको प्रस्तुति हुने राष्ट्रिय कलाकार संयोजक महेशकुमार मल्लले जानकारी दिए । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस २५ देखि सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्नेछ ।


























