हेडलाईनसमाचारगण्डकी

नेपाल बाख्रा पालक महासंघ लमजुङ शाखाको  जिल्ला अधिवेशनमा सम्पन्न : किसानहरुका समस्याका चाङ

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, २ माघ २०८१  बुधवार । नेपाल व्यवसायिक बाख्रापालक महासंघ लमजुङ शाखाको पहिलो जिल्ला अधिवेशनमा सम्पन्न भएको छ ।

नेपाल व्यवसायिक बाख्रापालक महासंघका पूर्व जिल्ला अध्यक्ष केशलाल तामाङ, बेसीशहरका  अध्यक्ष दिनेश गुरुङ, दुधपोखरीका अध्यक्ष विरेन्द्र गुरुङ लगायतले कार्यक्रमम बोल्दै बीमाको शुल्क नपाएको, चट्याङ,बन्य जन्तु चितुवा, बाघ,भालुले मारेको पशुको क्षतिपूर्ति नपाएको, बजारको समेत समस्या भएको, घुम्ति गोठका लागि दिएको अनुदान रकम कट्टी भएर आउने गरेको, सामुदायिक वनले किसान संग जथाभावि शुल्क उठाउने गरेको, घुम्ति गोठको पशुको प्रहरी रिपोर्ट बनाउनका लागि लेकमा प्रहरी जान नमानेको बताए ।

उनिहरुले घाँसका विरुवाहरु  वडा-वडामा पठाउने भनिएता पनि हाल सम्म बास्तविक किसानले घाँसको विरुवा नपाएको, चरनको समस्या भएको, डालेघाँस आदिको नर्सरीको प्रवन्ध गर्नु पर्ने, सामुदायिक वनमा वस्तु चराउन नपाउदा समस्या भएको, बोका खसी पार्न समेत भेटेरिनरीले सहयोग नगरेको, बाख्रा पालन गरेर पनि खसी बोका विक्रि नहुँदा किसानहरु मारमा परेका जस्ता दर्जनौं समस्याहरुका चाङ्ग सुनाएका थिए ।

सभामा किसानका भनाइ र गुनासो सुनिसके पछि गण्डकी प्रदेश सरकारका वन तथा वातबरण मन्त्री  भेष बहादुर पौडेलले आफु पनि व्यवसायी भएको र व्यवसायीसँग संगत गर्न पाउदा रमाउने भएको बताउदै किसानको आम्दानी बढेर धनी भएमा देश स्वतः धनी हुन्छ भन्दै तपाईहरुले करोड कमाउँदा राज्यले लाख र तपाईहरुले लाख कमाउदा राज्यले हजार पाउने बताए । उनले व्यवसायीहरु धनी हुँदा देश स्वतः धनी हुने बताउँदै धनी हुने बाटोमा लाग्न आग्रह गरे।


मन्त्री पौडेलले-औषधिको समस्याका लागि पालिकाको पशु शाखा र जिल्लाको भेटेरिनरी अस्पताल मार्फत प्रवन्ध गर्ने, समस्या कहाँ छ आफुले बुझ्ने र समाधान खोज्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा प्रदेश सदस्य पावर्ती तामाङ,
जिल्ला भित्रका ८ ओटा पलिकाका अध्यक्षहरु र पदाधिकारीहरु लगायतको उपस्थिति  रहेको उक्त  कार्यक्रम महासंघ लमुङका अध्यक्ष बाबुराम रिमालको अध्यक्षतामा भएको थियो । रिमालले त्यस अवसरमा संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको  सहजीकरण सदस्य दुर्गा बहादुर गुरुङले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button