प्रहार समाचार । काठमाडौं, २ माघ २०८१ बुधवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

आज न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई धरौटी तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमर बहादुर चन्दले जानकारी दिए ।
रवि माथि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको भन्दै रविमाथि ५ करोड ८ लाख ६९ हजार ६ सय ३३ रूपैयाँ बिगोसहित ठगीको मुद्दा दायर गरिएको थियो ।
सोही मुद्दामा उनलाई आज धरौटीमा रिहा गर्ने आदेश भएको हो ।


























