हेडलाईनसमाचार

तनहुँको व्यास १० दुम्सीका  किसानद्वारा कृषि एम्बुलेन्स सञ्चालन : किसानलाई राहत

• शंकरराज नहर्की । तनहुँ, २ पुस २०८१ बुधवार । तनहुँको व्यास १० दुम्सीका  किसानद्वारा कृषि बस्तुहरुको खरिद तथा बिक्री गर्ने उद्देश्यले कृषि एम्बुलेन्स संञ्चालनमा ल्याएका छन् ।

व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले कृषि एम्बुलेन्सलाई पूजा गरेर तथा रिबन काटेर उद्घाटन गर्दै उत्पादक र उपभोक्ताहरू प्रत्यक्ष रूपमा जोडिने र स्थानीय उत्पादनको सहज बजारीकरणमा कृषि एम्बुलेन्सले सहयोग पुऱ्याउने बताए । ‘अब उपभोक्ताले पनि सूपथ मूल्यमा कृषि जन्य वस्तुहरु उपभोग गर्न पाउँछन् ।’ नगर प्रमुख न्यौपानेले भने ।

कृषकहरुद्धारा उत्पादित दुध र दुग्धजन्य पदार्थका अतिरिक्त  नगदेबाली, बेमौसमी तरकारी, अन्नबालीलगायतका कृषि उपज बिक्री वितरणका लागि पनि कृषि एम्बुलेन्सले सहयोग पुऱ्याउने व्यास १० का वडा अध्यक्ष खेमराज पोख्रेलको भनाई छ।

व्यास १० मा रहेको दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाले २४ लाख ९० हजारको लागतमा उक्त कृषि एम्बुलेन्स  खरिद गरिएको संस्थाका अध्यक्ष डिल्लीराम सापकोटाले बताए । ‘अब कृषकलाई अत्यावश्यक पर्ने दाना , चोकर , ढुटो लगायतका वस्तुहरु खरिद गरेर किसानहरुलाई सूपथ मूल्यमा उपलब्ध गराउन कृषि एम्बुलेन्स सहायक सिद्ध हुने छ ।’ – संस्थाका सचिव  विकास रिजालले भने । कृषकहरुबाट संङ्कलित दुध बजासम्म ढुवानी गर्न पनि कृषि एम्बुलेन्स उपयोगि हुने उनको भनाई छ ।

व्यास १० का निवर्तमान वडा अध्यक्ष तुलशिराम सापकोटले  उत्पादित कृषिजन्य वस्तुहरु खरिद गरेर बजारमा सूपथ मूल्यमा विक्रिविताण गर्न तथा दुध ढुवानीमा कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि  धेरै सहजता हुने बताए।  ‘बिचौलियाले  कृषिजन्य वस्तुहरु खरिद गरेर विक्री गर्दा उपभोक्ताले महङ्गो मूल्य तिर्नु पर्ने  बाध्यताको पनि अब अन्त्य हुन्छ।’ सापकोटाले थपे ।

संस्थाका अध्यक्ष डिल्लीराम सापकोटा सहकारीले व्यास नगरपालिकाको वडा नं ९ गजौंडेका पशुपालक कृषकहरुको मागलाई मध्यनजर गर्दै दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाको शाखा कार्यालय खोलेर दुध संङ्कन गर्ने कार्य सुरु गरिएको जानकरी दिए ।

त्यहाँ उत्पादित दुध बजार सम्म ल्याउन पनि कृषि एम्बुलेन्सले सहयोग पुऱ्याउने उनको ठम्याई छ। ‘अब त्यहाँका गाई तथा भैसी पालक कृषकहरुलाई पशु पालन गर्न संस्थाले ऋण  पनि दिने योजना बनाएको छ ।’ अध्यक्ष सापकोटाले भने ।  


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button