प्रहार समाचार । तनहुँ,२ पुस २०८१ बुधवार । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. २ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ।

माघे सङ्क्रान्तिको अवसरमा हिंजो आयोजित उक्त प्रतियोगितामा स्थानीय नवीन गुरुङको गोरु प्रथम भएको छ । स्थानीय सन्तोष गुरुङको गोरुलाई दश मिनेटको जुधाईमा हराउँदै नविन गुरुङको गोरुले प्रथम पुरस्कार हासिल गर्न सफल भएको हो । त्यसैगरी स्थानीय कृषका सन्तोष गुरुङको गोरु उप बिजेता बनेको छ ।
नारायण गोपाल युवा क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा नौ वटा गोरुको सहभागिता रहेको थियो । गोरु जुधाईतर्फ प्रथम पुरस्कार १५ हजार र दोस्रो पुरस्कार ७ हजार प्रदान गरिएको क्लबका अध्यक्ष उज्ज्वल गुरुङले बताए ।


























