विजय अधिकारी (संवाददाता) प्रहार समाचार । २ माघ २०८१ मंगलबार । लमजुङको बेसीशहर नगरपालिका – ११, रामचोक बेसीमा रहेको बालविकास मा.वि.को ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले विद्यालयको चौतर्फि विकासका लागि शिक्षक,विद्यार्थी र व्यवस्थापन समितिको भुमिका महत्वपूर्ण रहने बताए ।

मन्त्री गुरुङले कुशल प्रशासक ,गतिशिल शिक्षक, अनुशासित विद्यार्थी र विद्यालय प्रति जिम्मेवार व्यवस्थापन समिति भएमा मात्र विद्यालयको समस्या समाधान गर्न सकिने बताए । उनले शिक्षामा गुणस्तर वृद्धि गर्नुपर्ने, प्राविधिक शिक्षाको विकास गरि युवाको वैदेशिक पलायन रोक्नुपर्ने, कृषिमा आधुनिकीकरण गरि आत्मनिर्भर तर्क लाग्नु पर्ने बताए ।

कार्यक्रममा ने.क.पा.एमाले लमजुङ जिल्ला अध्यक्ष राजकुमार बिष्ट,ने.का.लमजुङ जिल्ला सचिव कृष्ण बहादुर अधिकारी, वडा नं.११ का वडा अध्यक्ष शिवप्रसाद जोशी, ने.का.लमजुङ जिल्ला सदस्य शुरेस बाबु पाण्डे, वडा नम्बर ११,का वडा सदस्य विजय राज सेढाई, ने. का. वडा नम्बर ११ का सभापति रामुराज पन्त, लोकराज आदर्श मा.वि.विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बिष्ट, जनकल्याण मा.वि.उदिपुरका प्रधानाध्यापक सुर्य अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको शैक्षिक प्रगतिको कामना गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक मदन राज सेढाईले विद्यालयको शैक्षिक, प्रशासनिक र १ करोड १४ लाख ७ हजार ८ सय बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिकउत्सवको अवसरमा चन्दादातालाई सम्मान गरिएको थियो भने विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्दित्तिय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम दत्त सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नवीन परियारले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्र.अ.अर्जुनराज सेढाईले गरेका थिए ।


























