हेडलाईनव्याससमाचारगण्डकीविजनेस

तनहुँको व्यास १० दुम्सी बजारमा  कृषि उपज केन्द्र सञ्चालनमा

प्रहार समाचार । तनहुँ , व्यास नगरपालिका वडा नं १० हुम्सी बजारमा निर्मित कृषि उपज संकलन तथा विक्री केन्द्र एवं कृषि हाट बजर आज बाट सुरुवात गरिएको छ।

केन्द्रको आज एक कार्यक्रमका बिच उद्घाटन गर्दै व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले कृषि उपज संकलन तथा विक्री केन्द्र सञ्चालन भएपछि यहाँका कृषकहरुले उत्पादन गरेका वस्तुहरु बजार सम्म पुऱ्याउन सहयोग पुऱ्याउने बताए । उनले व्यास नगरपालिका वडा नं १० मा धेरै विकास निर्माणका  पूर्वाधारहरु निर्माण भएको उल्लेख गर्दै नगर पालिका सिङ्गो नगरपालिकाको विकासमा लागि परेको उल्लेख गरे ।


व्यास नगरका प्रमुख प्रशासकिय अधिकृत काशिराम गैह्रेले उपज केन्द्रको दिर्घकालीन सञ्चालनका लागि कार्य विधि नै बनाएर दिगो रूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरे ।


पूर्व वडा अध्यक्ष तुलशीराम सापकोट , नगर कार्यापालिका सदस्य चन्द्रमायां परियार,
व्यास १० का वडा सदस्य यज्ञप्रसाद शर्माले, शिशुवा भतेरी कृषि सहकारी संस्थाका अध्यक्ष  कृष्ण प्रसाद पौडेल, छाङ्गबाराही टोल विकास संस्थाका अध्यक्ष  दयाराम शर्मा, निर्माण  समितिका सचिव भरत के सी लगायतले कृषि उपज संकलन केन्द्र सञ्चालनमा आएपछि आम कृषकहरुलाई फाइदा पुग्ने बताए । 


व्यास १० का वडा अध्यक खेमराज पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सहजिकरण विकास रिजालले गरेका थिए ।
२०७८ सालबाट बन्न सुरु गरेको भएतापनि तीन वर्ष पछि अहिले आएर कृषि उपज केन्द्र सञ्चालनमा आएको हो । कृषि उपज केन्द्रमा किसानको मासु पसल, शिसुवा भतेरी कृषि सहकारी संस्था, दुम्सी दुग्ध उत्पादक सहकारी संस्था द्वारा संचालित सहकारी सुपथ उपभोक्ता पसल लगायतले आआफ्ना वस्तुहरु विक्री  वितरणका सुरु गरेका छन् ।

कृषि उपज व्यास नगरपालिकाको ३५ लाख र स्थानीय जनश्रमदान ५ लाख गरि ४० लाखको लागतमा निर्माण सम्पन्न भएको बताइएको छ । त्यस अवसरमा निर्माण समितिका अध्यक्ष व्यास १० दुम्सी बजार निवासी गोपाल सापकोटालाई सम्मान गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button