हेडलाईनसमाचारगण्डकीविजनेसनगरपालिका /गाउँपालिकामनोरञ्जन

गायक बद्री पँगेनी र एलिना चौहानले  तताए तनहुँ महोत्सव

प्रहार समाचार । तनहुँ, २९ पुस २०८१ सोमवार । तनहुँको दमौलीमा जारी नवौ तनहुँ महोत्सव– २०८१ मा आज  गायक बद्री पँगेनी र  एलिना चौहानले दर्शकलाई नचाए । 

महोत्सवको पाँचौै दिन आज कलाकारहरुको प्रस्तुती सुन्न र हेर्न दर्शकको भीड लागेको थियो । पँगेनीले  जनप्रतिनिधी तथा नेताहरुलाई देशमै रोजगार सिर्जना गरेर बिदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न गीत मार्फत  आग्रह गरे । उनले छुवा छुत को अन्त्यका लागि  ‘‘कला चल्यो, गला चल्यो मान्छे चलेन, तिम्रो घरमा मेरी छोरी भान्से चलने…’’ बोलको गीत गएका थिए ।


पंगेनीले धर्मको आधारमा भेदभाव नगर्न आग्रह गर्दै हाल चर्चामा आईरहेको तिम्रो तुला रै’छ मेरो राशी कन्या, कस्तो जोडी जुर्‍याईदिऔं धन्य अल्ला धन्य…’  बोलको गितले दर्शकहरुको ध्यान केन्द्रित गरेको थियो । आधा दर्जन बढ़ि गीत गाएका बद्रीले ‘रातो पछेउरी’, ‘ससुरालीमा’ लगायतका गीतमा दर्शकहरू बढि उत्साहित भएका थिए ।

गयिका एलिना चौहानले ‘ के माया लाग्छर ? उधुमै लाग्छनी’, ‘कट्टा हान्दिन्छु’, छुनुमुनु हौ तिमी लगायतका गीतले दर्शहरुमा बढि उमङ्ग छाएको देखिन्थ्यो । उता गायिका मन्जु बिकले ‘तातो तातो चिया उता तिमी मुसुक्क यता मुटु छिया बोलको गितमा दर्शकहरु झुमेको देखिन्थ्यो ।

भोलि माघ १ गते गायक तथा गायिकाहरु सञ्जिव सिंह राना , सिर्जना खत्री, सम्झना लामिछाने, लगायतको प्रस्तुति छ । मगर समुदाय विहान १० बजे दमौली बजारमा सास्कृति र्‍याली निकालेर महोत्सवमा प्रवेश गर्नेछन् । साँझ कुमार सागर ब्याण्डको कन्सर्ट रहेको आयोजकले जनाए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button