• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार २८ पुस २०८१ आइतवार । लमजुङ उद्योग बणिज्य संघको ३८ औ वार्षिक साधारण सभा तथा ४९ औ स्थापना दिवस सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषवहादुर पौडेलले हिजो कार्यक्रमको उद्घाटन गर्दै व्यवसायीहरुले सकारात्मक सोच र ग्राहकहरुको सेवा गर्ने भावले व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । ‘अनुसन्धानात्मक रुपमा व्यवसाय संचालन गर्दै व्यावसायीले आफ्नो धर्म भूल्न हुँदैन।’ मन्त्री पौडेलले भने ।

कार्यक्रममा प्रदेश सभा सदस्य पार्वती तामाङ, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, क्होलासोथार गाउपालिका उपाध्यक्ष गमीमाया गुरुङ, ने.का.गण्डकी प्रदेशका संगठन विभाग प्रमुख हरी बराल, ने.क.पा.एमाले जिल्ला उपाध्यक्ष जितबहादुर गुरुङले मन्तव्य राखेका थिए ।

यसैगरी ने.का. लमजुङका सचिवद्वय कृष्णबहादुर अधिकारी र विमल श्रेष्ठ, ने.क.पा. माओबादी केन्द्र जिल्ला सचिव सुनिल सुनार, रास्वपा जिल्ला सदस्य बमबहादुर राउत, रा.प्र.पा.केन्द्रिय सल्लाहकार बालचन्द्र श्रेष्ठ, संघका निर्वतमान अध्यक्ष गुणराज सिलवाल, पुर्व अध्यक्ष एवं सल्लाहाकार रामकुमार श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघ गोरखाका जिल्ला अध्यक्ष भगवानबावु मास्के, नेपाल रेडक्रस सोसाइटी लमजुङ शाखाका सभापति ऋषिराम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभाकै अवसरमा बाणिज्य तर्फ अग्रज व्यवसायी हिरालाल श्रेष्ठ र उद्यमी तर्फ डवलमाया गुरुङलाई सम्मान गरिएको थियो । साथै लमजुङ जिल्लाबाट २०८० को एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल सामुदायिक विद्यालय तर्फ कुसुमाकर मा.वि.मध्यनेपालका विश्वास घिमिरे र निजी तर्फ युर्निभर्सल एकेडेमीका आयुस के.सी. र आयुशा गुरुङलाई संघमा स्थापना गरिएको स्वर्गिय सनदकुमार श्रेष्ठ र स्वर्गिय दालचिनी श्रेष्ठ स्मृति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

उत्कृष्ट तिनै जनालाई जनही नगद ५,५ हजार नगद र प्रशंसा पत्रले सम्मान गरिएको संघका महासचिव विपिन कुमार श्रेष्ठले प्रहार समाचारलाई जानकारी दिए ।

उनका अनुसार संघका सस्थापक कोषाध्यक्ष स्वर्गिय श्रेष्ठको परिवारले संघ मार्फत प्रत्येक वर्ष एसईईमा जिल्लाका उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै आएको छ ।

कार्यक्रमको समापन संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव बिपिन कुमार श्रेष्ठ र उपमहासचिव मानकृष्ण श्रेष्ठले गरेका थिए ।

साधरण सभाको बन्द सत्रमा संघका महासचिव विपिन कुमार श्रेष्ठ र कोषाध्यक्ष भरत विष्ट कुतालले सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम लमजुङ उद्योग बाणिज्य संघ लमजुङका अध्यक्ष भरतकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।


























