प्रहार समाचार । काठमाडौं,२८ पुस २०८१ आइतवार । आज नेपालभर सामान्य मौसम बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

अहिले बिहान कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। तराईका थोरै भू–भागमा हुस्सु लागेको अवस्था छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उता उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा राति कोशी, मधेस र बागमतीलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ।
चार सुझावहरु :
- हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउनु होला ।
- उच्च पहाडी क्षेत्रका बढि जाडे हुने भएकाले होसियार रहनु होला ।
- तराईमा समेत चिसो हावा बहने सम्भावना रहेकाले न्यानो कपडा लगाई स्वास्थ्यको ख्याल गर्नु होला ।
- यो मौसम प्रणालीको असर केही दिनसम्म रहन सक्ने भएकाले सावधानी रहनु होला ।

























