ए पृथ्वी !
तिमी थियौ र पो
म छु अहिले
विभिन्न टुक्रा जोडेर
विशाल भुमि बनायौ
गोर्खालीको नाम
विश्वमा नै चिनायौ ।

चार जात छत्तीस वर्णको
फुलेका बिशाल फुलवारि बनायौ
धन्य धन्य पृथ्वी !
तिम्रो बीरता को गाथा
कहिले बिर्सने छैन् ।
तिमिले छोडेर गएको यो धर्तीलाई
कसैलाई पराधिन हुन दिने छैन् ।
जय जय जय वीर गोर्खाली
जय जय जय नेपाली
जय जय पृथ्वी
जय जय अखण्ड नेपाल
जय जय नेपाल ।
• शुक्लागण्डकी न पा, तनहुँ