हेडलाईनव्याससमाचारगण्डकी

स्वर्ण जयन्ती मनाउँदै तनहुँको जनजुक्त शाही मा. वि. : मन्त्री पौडेलले उद्घाटन गर्ने

प्रहार समाचार । तनहुँ, २६ पुस २०८१ शुक्रवार  । तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ साँगे, नेपालटारमा रहेको जनजुक्त शाही माध्यमिक विद्यालले  विद्यालयको स्वर्ण जयन्ती को मुख्य दिन भोलि  मनाउँदै छ ।

स्वर्ण जन्मन्ति मनाउने क्रममा पुस १७ गते देखि २२ गते सम्म विद्यालय स्तरीय आन्तिक विविध खेलकुँद प्रतियोगिता सम्पन्न भएको विद्यालयले जनाएको छ।
यसै गरि २३ गते व्यास नगर स्तरीय माध्यामिक विद्यालय हाजिरीजवाफ  प्रतियोगिता सम्पन्न गरेको छ। ह २४ गते पुरुष मिनी म्याराथन प्रतियोगिता सहित विद्यालय स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको थियो । हिंजो पुस २५ गते अक्षयकोष दाताहरुबाट  छत्रवृत्ति वितरण  तथा पुरस्कार वितरण गरिएको थियो ।

आज  पूर्वी विद्यार्थीहरुको पुर्वरमिलन समारोह समेत सम्पन्न भएको  पूर्व विद्यार्थी मञ्चका अध्यक्ष बलराम वाग्लेले बताए ।

भोलि  विद्यालयको मुख्य स्वर्ण जयन्ति उद्घाटन कार्यक्रम नेपाल सरकारका स्वास्थ्य तथा जनसंङ्या मन्त्री प्रदीप पौडेलको प्रमुख अतित्यतामा विभिन्न कार्यक्रमका सम्पन्न गरिने विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले बताए ।

कार्यक्रम भव्य र सभ्य रूपमा विद्यालयको स्वर्ण जयन्ति स्मारक , विद्यालयले प्रकाशन गरेको स्वर्ण जयन्ति स्मारिका विमोचन लगायतका कार्यक्रमका साथ मनाइने  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अचुतराज काफ्लेले जानकारी दिए ।

विद्यालयले देश विदेशमा रहने पूर्व विद्यार्थी, शिक्षक, अभिभावक, जग्गादाता, अक्षय कोष स्थापनाकर्ता लगायत विद्यालयसँग सम्बन्धित सबैमा उपस्थितका लागि अनुरोध गरेको प्रचार प्रसार समितिका संयोजक एवं शिक्षक प्रतिनिधि ऋषिराम वाग्लेले जानकारी दिए।

विद्यालयले नयाँ शैक्षिक सत्रबाट मन्टेश्वरी कक्षा तथा  प्राविधिक शिक्षा लगायत  शैक्षिक सुधार ल्याउने लगायतका उद्देश्य राखेको विद्यालय व्यवस्थापन समितिका सदस्य एवं आर्थिक समितिका संयोजक भाग्यशालि ढुङ्गानाले बताए ।

उनका अनुसार  स्वर्ण  जयन्ती  कार्यक्रमका  लागि १२ लाख भन्दा बढि नगद   बैंक  दाखिला  गरिएको  छ । यति बेला विद्यालय लाई ध्वजापतकाले सिंङ्गारिए बेहुली झै बनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button