• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ,२६ पुस २०८१ शुक्रवार । लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर-२,भकुण्डेमा रहेको बालकल्याण मा.वि.को ५२ औँ बार्षिकउत्सव तथा ३३ औँ अभिभावक दिवस हिंजो विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

कार्यक्रमको उद्द्घाटन गर्दै बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्यालले सामुदायिक विद्यालयमा विद्यार्थीहरु घट्दै गएका कारण विद्यालयले शैक्षिक स्तर वृद्धि गरि विद्यार्थी आर्कर्षित गर्ने योजना बनाएर अघि बढनु पर्नेमा जोड दिदै,विद्यालय सुधार गर्न विद्यालय व्यवस्थापन समिति शिक्षक र अभिभावक एकजुट भएर लागेमा विद्यालय सुधार गर्न सकिने बताए । उनले सामुदायिक विद्यालयमा राज्यको ठुलो लागानी रहेकोले नगरपालिकाले पनि आफ्नो श्रोतले भ्याए सम्म शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेर काम गरेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालले विद्यालयको शैक्षिक,भौतिक गति विधि सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर-२,का वडा अध्यक्ष मदन बहादुर रानाले शैक्षिक सुधार सहितको कार्ययोजना प्रस्तुत गरेका थिए।

कार्यक्रममा बेसीशहर नगरपलिकाका उपमेयर पदमा गुरुङ,बेसीशहर नगरपालिका शिक्षा शाखा प्रमुख किसानराज चिलुवाल, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य कृष्ण के.सी., संस्थापक कोषलेन्द्र कंडेल, पूर्व वडा अध्यक्ष गणेशबहादुर कंडेल, पूर्व विद्यार्थी मंचका अध्यक्ष किशोर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक,भौतिक र व्यवस्थापन पक्षमा सुधार गरी नमुना विद्यालयका रुपमा अघि बढाउन विद्यालयले अघि सारेको शैक्षिक सुधार कार्यक्रम महत्वपूर्ण रहेकोमा जोडी दिदै कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा विद्यालयको उत्कृष्ट शिक्षकका रुपमा विष्णुबहादुर खत्री,उत्कृष्ट अभिभावका रूपमा शोभा श्रेष्ठ,सृजना वि.क.र मञ्जु गुरुङलाई सम्मान गरिएको थियो । उक्त अवसरमा विद्यालयमा स्थापना भएका अक्षयकोष बाट विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार प्रदान गरिएको विद्यालयका प्र.अ.विण्णुप्रसाद बरालले प्रहार समाचारलाई जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जग्गादाता, चन्दादाता,अभिभावक शिक्षक,विद्यार्थी लगायतको उल्लेख्य उपस्थित रहेको कार्यक्रममा विद्यालयका शिक्षक बुद्धिसागर बरालले उपस्थित सबैलाई स्वागत तथा विद्यालयका सहायक प्रधानाध्यापक भरत खड्काले कार्यक्रमको सहजीकरण गरेका थिए ।

त्यस अवसरमा विद्यार्थीहरुले मौलिककला र संस्कृति झल्कने विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।
























