हेडलाईनसमाचारगण्डकीऋषिङखेलकुद

ऋषिङ्ग अल्ट्रा म्यारथन भोली हुने : पूर्व मन्त्री आलेले उद्घाटन गर्ने

• शंकरराज नहर्की  । तनहुँ, २६  पुस २०८१ शुक्रवार। तनहुँको ऋषिङ्ग गाउँपालीकाले आयोजना गरेको  ‘चौथो ऋषिङ्ग अल्ट्रा म्यारथन २०८१’ भोली हुने भएको छ।

प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला  मन्त्री एवं नेपाली कांग्रेस तनहुँका सभापति जित प्रकाश आलेले उद्घाटन गर्ने पालिकाका खेलकुँद समितिका संयोजक दलवहादुर थापाले बताए ।

पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ पालिकाको  विकास संङ्गै  खेलकुँदको माध्यमबाट पालिकालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पनि प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए । अध्यक्ष श्रेष्ठले भने-‘ यस्ता प्रतियोगिताले पालिका भित्रका खेलाडीहरुको पहिचान तथा खेलको विकासमा टेवा पुग्छ ।’

पालिकाका उपाध्यक्ष गिनुमायाँ थापाले पालिकाले राष्ट्रिय स्तरका यस्ता प्रतियोगिता गर्नाले पालिकाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलिने बताईन्।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल अमगाइँ पालिकाले विगत तीन वर्ष देखि गर्दै आएको यस प्रतियोगिताले सिङ्गो पालिकामा मात्रा नभएर जिल्ला तथा राष्ट्रिय ध्यान खिच्ने र खेल प्रतिको मोह बढ्ने बताए ।

पालिकाका  खेलकुँद समितिका  संयोजक दलवहादुर थापाले पालीकालाई खेलकुँदको हवका रूपमा अगाडी बढाउन प्रतियोगिता आयोजना गरिएको बताए । थापाका अनुसार ४२.२ किलो मिटर दुरी रहने अल्ट्रा म्यारथन प्रतियोगिता ऋषिङ गाउँपालिकाको प्रवेश द्वार वडा नं  ८ को  धारुङ देखि  सुरु भई वडा नं ३ को दुबुङ भ्युटावरमा पुगेर विशेष समारोहका बिच कार्यक्रम सम्पन्न गरिने छ ।

प्रतियोगितामा प्रथम लाई नगद ६५ हजार, द्धितीय हुनेलाई नगद  ४० हजार, तृतीय हुनेलाई नगद २५ हजार र सान्त्वना हुने लाई नगद १० हजार प्रदान गरिने छ। यसै बिच स्थानिय धावकहरु प्रोत्साहन गर्न  म्यूटावरमा नै पुगी म्याराथन सम्पन्न गरेमा प्रथम हुनेलाई  ५, दोस्रो हुनेलाई  ४, र तेस्रो हुनेलाई ३ हजार नगद  प्रदान गरिने पालिकाले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button