• शंकरराज नहर्की । प्रहार समाचार तनहुँ, २३ पुस २०८१ मङ्गलवार । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा हुने नवौं तनहुँ महोत्सवमा कृषि र पर्यटनका स्टलहरु निशुल्क उपलब्ध गराइने भएको छ।

यहि पुस २५ गते देखि माघ ७ गते सम्म हुने महोत्सवमा कृषि र पर्यटनका लागि ४० वटा स्थल निशुल्क प्रदान गरिएकोको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिए । उनले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए । अध्यक्ष : मिश्र

‘तनहुँ महोत्सव हाम्रो आधार,आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका सञ्चालन हुने महोत्सवमा कृषिलाई पहिलो प्राथमिकता दिईएको आयोजकको दावी छ। किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गर्नु परेको अध्यक्ष मिश्रको भनाई छ ।
‘उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने प्रमुख उद्धेश्यले महोत्सव गर्न लागेका हौं ।’ – अध्यक्ष मिश्रले भने
कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने छ । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिने छ । महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगाएको मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश गर्न सकिने महोत्सवबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको तनहुँ उद्योग वाणिज्य संघका महासचिव एवं महोत्सवका प्रवक्त सुबोध अधिकारीले बताए । महासचिव एवं प्रवक्ता अधिकारी :

त्यस्तै महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने तनहुँ उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष तथा महोत्सवका निर्देशक पविन्दकुमार श्रेष्ठले बताए । निवर्तमान अध्यक्ष श्रेष्ठ :

महोत्सवमा दुई सय वटा स्टलहरु रहने र सबै बुकिङ भईसकेको स्टल संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति सुकनारायण मल्लले जानकारी दिए । दमौली बजार इकाई सभापति मल्ल :

महोत्सवमा विहान ११ बजे सम्म निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार दर्शकको सङ्ख्या वृद्धि आर्थिक क्षेत्र चलायमान गराउन सार्वजानिक बिदाको दिन बाहेक निशुल्क प्रवेशको व्यवस्था गरिएको हो ।
























