• शंकरराज नहर्की । लमजुङ,२३ पुस २०८१ मङ्गलवार । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा ‘प्रथम मध्यनेपाल महोत्सव’ भोलीबाट सुरु हुने भएको छ । सम्पूर्ण तयारी पूरा भएको महोत्सवको मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेशकुमार पाण्डेले उद्घाटनगर्ने भएका छन्।

‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका साथ हुने महोत्सव भोलीबाट माघ ४ गतेसम्म रम्घा दुईपिप्ले बजारमा हुने भएको छ ।
महोत्सवको सम्पूर्ण पूरा भएको मुल आयोजक समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले, सोतिपसल बजार इकाईका अध्यक्ष रमेशचन्द्र भट्टराईले बताए । १० दिन सम्म चल्ने सो महोत्सवमा सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने, मुलुककै मध्य भागमा रहेको यहाँ स्थित सो स्थलको बारेमा देशविदेशमा चिनारी एवम् प्रचार प्रसार गर्ने, स्थानीयस्तरमा रहेको बोटे र कुमाल जातिको होमस्टे लागयत पालिकाको डडुवा तथा मगर होमस्टेको समेत प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको संयोजक भट्टरार्ईले बताए ।

महोत्सवमा एक करोडको हाराहारीमा कारोबार हुने, महात्सव सम्पन्न गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । संयोजक भट्टराईले यस क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, स्थानीय अर्गानीक उत्पादन, परम्परागत कला, संस्कार संस्कृति, व्यवसायीक होमस्टेको विस्तार र विकासका कार्यक्रमलाई महोत्सबमा प्राथमिकता दिने बताए ।
जिल्लामा आयोजना गरिने अन्य महोत्सवहरू पछिल्ला वर्षमा ठेक्कामा जिम्मा दिएर आयोजक र स्थानीय कला सँस्कृति, उद्योग व्यापार प्रबर्धन जस्ता कार्य ओझेलमा पर्ने भएकाले लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले, सोतिपसल बजार इकाई स्वयंले यो महोत्सव सम्पन्न गर्न लागेको छ । त्यसको लागि १ सय ५१ जनाको मूल आयोजक समितिका साथै १६ वटा विभिन्न उपसमिति गठन गरिएको छ ।
महोत्सवमा स्थानीय उत्पादनका खानाका परिकारहरूको खाना महोत्सव, यही क्षेत्रमा रहेका भानु–घाँसी सम्वाद पार्क, मध्यनेपाल स्तम्भ निर्माण स्थल, पालिका भित्र रहेका नागभैरव, गौरीशंकर मन्दिर, मौलाकालिका, इशानेश्व मन्दिर अवलोकन, स्थानीय हस्तकला प्रशर्दनी, पशु तथा कृषि हाटको प्रवन्ध, संस्कृति संरक्षणमन लागि विभिन्न जातजातिका नाच, लमजुङको चिनारीका रुपमा रहेको ठाडोभाका, कौरा घाँटु लगायतका गीत तथा नृत्य प्रदर्शन, विद्यालयस्तरीय नृत्यका साथमा आमा समूहको नाच प्रचियोगिता सञ्चालन गरिने छ । साथमा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको महोत्सवमा प्रस्तुतिका लागि तयारी गरिएको छ ।
यो पहिलो महोत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गरी आगामी वर्षमा गरिने दोश्रो, तेश्रो महोत्सवका आधारस्तम्भ निर्माण गर्न समेत आफूहरू लागेको आयोजकको भनाइ छ । आफ्नो यो अभियानमा साथ सहयोग दिन सबै पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत सबैसँग अपेक्षा गरेको आयोजकले बताए ।
कुल १ सय २० वटास्टल रहने महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको महोत्सवका प्रवक्ता तथा वडा नम्बर–५ का अध्यक्ष ओमबीर गुरुङले बताए । ल
























