हेडलाईनसमाचारप्रदेश

भूकम्पको असर  नेपालमा पनि : १३ घाइते , ११ घरमा क्षति

प्रहार समाचार । काठमाडौं, २३ पुस २०८१ मङ्गलवार ।चीनमा केन्द्रविन्दु भएर गएको भूकम्पले नेपालका दुई वटा घरमा पूर्ण क्षति भएको छ भने ११ वटा घरमा सामान्य क्षति पुगेको छ । तस्बिर : फाइल फोटी

आज बिहान गएको भूकम्पले ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, काभ्रे, बारा, काठमाडौं सिन्धुपाल्चोक र रामेछाप जिल्लाका घरहरुमा  क्षति पुर्‍याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ओखलढुङ्गामा दुई वटा घरमा सामान्य र एउटा घरमा पूर्ण क्षति तुल्याएको छ । सोलुखुम्बुमा पाँच वटा घरमा क्षति गरेको छ ।

संखुवासभा, सिन्धुपाल्चोक र रामेछापका एक/एक घरमा सामान्य क्षति पुगेको छ । प्राप्त समाचार अनुसार
काठमाडौंसहित तीन जिल्लाहरू क्रमशः काभ्रे र सिन्धुपाल्चोकमा गरी १३ जना घाइते भएका छन् ।

प्रहरीले घाइतेहरुको  उद्धार गरेको छ । चीनको डिङ्गीमा आज  बिहान ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button