हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

चीनको गान्सु प्रान्तमा ठूलो भूकम्प : सौयौंको मृत्यू र घाइते

प्रहार समाचार । चिन,२३ पुस २०८१ मङ्गलवार । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा हिंजो  मध्यरातमा ठूलो भूकम्प गएको छ।  ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा कम्तीमा १ सय ११ जनाको मृत्यु भएको छ।

स्थानीय भूकम्प राहत मुख्यालयले वसय ११ जनाको मृत्यू भएको छ भने ५ सय भन्दा बढी मानिहरू घाइते भएका छन् ।

चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ । भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ । प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजार भन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ । रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button