• सुशील वि क (प्रशिक्षार्थी पत्रकार) प्रहार समाचार । तनहुँ, २३ पुस २०८१ मङ्गलवार । तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली कलेजले बृहत खेल महोत्सव सुरु गरेको छ।

आजबाट सुरु भएको खेल महोत्सव पुस २६ गतेसम्म संचालन गरिने भएको छ। विद्यार्थीहरुमा खेलकुँदप्रति उत्साह जगाउने र विद्यार्थीहरुको अन्तर्निहित संवैधानिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका प्रिन्सिपल राजेन्द्र कैनीले बताए । प्रिन्सिपल कैनी :

‘खेलकुदले विद्यार्थीहरुको शारिरिक तथा मानसिक स्थिति स्वास्थ्य राख्न पनि महत्व पूर्ण भूमिका खेल्छ, त्यसैले पनि कार्यक्रमको आयोजना गरेका हौं।’ – प्रिन्सिपल कैनीले भने ।

खेल महोत्सवमा विभिन्न मिटरका दौड प्रतियोगिता, भलिभल, टेबल टेनिस, कबड्डी, ब्याडमिन्टन, सटफूट र बास्केटबल जस्ता खेलहरूलाई प्राथमिकतासाथ सञ्चालन गरिने खेलकुद संयोजक एवं कलेजका प्राध्यापक उपेन्द्र न्याैपानेले प्रहार समाचारलाई जानकारी दिए । संयोजक : न्यौपाने

























