प्रहार समाचार । तनहुँ, २२ पुस २०८१ सोमवार । बन्दीपुर केवलकार एण्ड टुरिजम लि. ले आज देखि केवलकार सेवा पुनः सञ्चालनमा ल्याएको छ।
नियमित जाँच र सर्भिसिङ्ग पूरा गरी आजबाट केवलकार सेवा सुचारु गरिएको केवलकारले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ।

यसअघि, नियमित मर्मत सम्भार तथा विद्युतीय सामग्रीको स्तरोन्नतिको लागि शनिबार र आइतबार दुई दिन केवलकार सेवा अस्थायी रूपमा रोकिएको थियो। यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक मर्मत कार्य सम्पन्न गरेपछि पुनः केवलकार सञ्चालन गरिएको बन्दीपुर केवलकार एण्ड टुरिजम लि. ले जनाएको छ।
साथै ‘केवलकार सञ्चालनका क्रममा अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिरहेको स्पष्ट पार्दै यात्रुहरूको सेवा निरन्तर सुरक्षित र विश्वसनीय बनाउने प्रतिबद्धता यसै सूचनाद्वारा व्यक्त गर्दछौं।’ विज्ञाप्तिको अन्त्यमा भनिएको छ। हेरौ विज्ञप्ति :


















