प्रहार समाचार । तनहुँ, २२ पुस २०८१ सोमवार । तनहुँको व्यास नगरपालिकाले खुल्ल महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बसेको नगर कार्यपालिकाको बैठकले आगामी माघ १६ गते शहिद दिवसका दिन उक्त प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

बैठकले व्यास- ३ व्यास गुफाबाट व्यास- ११ तनहुँसुर दरवार सम्मको २१ किलोमिटाको दुरीको उक्त प्रतियोगीता सञ्चालन गर्ने गरि उप-प्रमुख इन्दीरा दरैको अध्यक्षतामा मुल समारोह समिति गठन गर्ने निर्णय गरेको छ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी पुस २६ गते हुने ४२ औं नगर सभामा पेश गरिने आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१ को लागि बैठकमा प्राप्त सुझावहरु समेतको संसोधन प्रस्ताव पेश गर्न राजस्व परामर्श समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ । हेरौं नगरपालिकाले जारि गरेको प्रेस विज्ञप्ति :

यस्तै नगर सभामा पेश गरिने संसोधीत अन्य विषयगत विधेयक पेश गर्न विधायन समितिलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको व्यास नगरपालिकाका प्रवक्ता सुरेश थापाद्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख छ ।
यस्तै ४१ औं नगर सभावाट आ.व. ०८१/०८२ का लागि पारित बजेट कार्यक्रममा प्राप्त सुझाबहरु समेटी संसोधीत बजेट कार्यक्रम एवं आय व्यय प्रस्ताव पेश गर्न बजेट तर्जुमा समितिलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । आ.व. ०८१/०८२ को लागत सहभागीताका योजनाहरु सम्बन्धित वडाहरुको सिफारिसमा प्रतिवडा १५ लाखका दरले प्रति वडा अधिकतम् ३ वटा न्युनतम् विनियोजन गर्ने गरि कुल ३२ योजनाहरुको निर्णय पनि बैठकले गरेको छ ।
शहरी वडाले २५ प्रतिशत, अर्ध शहरी वडाहरुले २० प्रतिशत र ग्रामिण वडाहरुले १५ प्रतिशत लागत सहभागीता नगर्दै दाखिला गरी योजना सम्झौता गर्न २०८१ माघ १० गते सम्मको समय प्रदान गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता सुरेश थापाले जानकारी दिए ।
यस्तै व्यास- ५ मानुडकोट खानेपानी योजना सम्बन्धमा उच्च अदालत पोखराको निर्देशनात्मक फैसला अनुसार स्थानीयको पराम्परागत खानेपानीको निरन्तरता हुने गरी योजनाको थप काम अघि बढाउन सम्बन्धित निर्माण व्यवसायीलाई र समन्वय गर्न योजना तथा शहरी पूर्वाधार शाखालाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ।
























