प्रहार समाचार । काठमाडौं,२३ पुस २०८१ आज बिहानै नेपालमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प नेपाल-चीन सिमाना तिप्बतको दिंगे कान्टी केन्द्रविन्दु रहेको पुष्टि भएको छ । राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको हो ।

बिहान ६ बजेर झण्डै ५२ मिनेट जाँदा काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पले हल्लाएको हो । भूकम्पको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान सम्म पनि महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसबारे थप आधिकारिक विवरण तथा क्षति को विवरण भने आउन भने बाँकी छ । भूकम्पको धक्का निकै शक्तिशाली थियो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरू सडकमा निस्किएका छन् । काठमाडौंसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुरलगायत जिल्लामा समेत धक्का महसुस गरिएको थियो ।
























