हेडलाईनसमाचारप्रदेश

सात जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

प्रहार समाचार । काठमाडौं,२२ पुस २०८१ सोमवार । गृह मन्त्रालयले आज  सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ।

 

गृह मन्त्रालयल प्रमुख जिल्ला अधिकारी सहित  गृहका १२ जना कर्मचारीको सरुवा एवं पदस्थापन गरेको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी  जयनारायण आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा ऋषिराम तिवारीलाई पठाइएको छ । 

यस्तै, कैलालीका प्रजिअ धर्मेन्द्र कुमार मिश्रको सुनसरीको प्रजिअ का रूपा सरुवा भएको छ । यसैगरी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीको गृह मन्त्रालयमा तानिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला पनि गृह मन्त्रालयमा  तानिएका छन् । हेर्नुहोस सूचि :

यस्तै सर्लाही जिल्लाका प्रजिअ गोपाल कुमार अधिकारी झापामा सरुवा भएका छन्। दाङका प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको सल्यानमा सरुवा भएको छ । सल्यानका प्रजिअ शम्भुप्रसाद रेग्मी गृह मन्त्रालयमा तानिएका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button