हेडलाईनसमाचारगण्डकी

लमजुङको लक्ष्मी बाल मन्दिर प्रा.वि द्वारा  मन्त्री पौडेललाई सम्मान

• विजय अधिकारी संवाददाता ) प्रहार समाचार । लमजुङ, २१ पुस २०८१ आइतवार । लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर-८, मा रहेकोे लक्ष्मी बाल मन्दिर प्राथमिक विद्यालयले गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललाई सम्मान तथा बधाई ज्ञापन गरेको छ।

त्यस अवसरमा  सम्बन्धित सरोकारवालासंग विद्यालयको शैक्षिक अवस्था बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ। 

कार्यक्रमको उद्घाटन पछि  बोल्दै मन्त्री  भेषबहादुर पौडेलले विद्यालयको भौतिक अवस्था राम्रो बनाउन सबै मिलेर लाग्नु पर्ने र गुणस्तरीय शिक्षा दिने तर्फ जोड दिनु पर्ने  बताए । अहिले नगरपालिकाका सामुदायिक विद्यालयमा खास गरी प्राथमिक तहमा विद्यार्थीको संख्या अनुसार शिक्षकको दरबन्दी कम हुँदै गइरहेको तर्फ औंल्याउँदै विद्यार्थीलाई विद्यालयमा आकर्षण गर्ने कार्यक्रम ल्याउनु पर्ने र यस विद्यालयलाई नमूना विद्यालय बनाउन आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने मन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरे ।

बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमान सिंह अर्यालले बेसीशहरको मुटुमा रहेको यस विद्यालयलाई राम्रो बनाउन आफू लागिपरेको बताउदै आफ्नो तर्फबाट र नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस अवसरमा मन्त्री पौडेल र बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमान सिंह अर्याललाई  दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा कार्यक्रममा वडा नम्बर -८ का  वडा अध्यक्ष पवित्रा राना, नेपाली काङ्ग्रेस लमजुङ जिल्ला सचिव बिमल श्रेष्ठ, बालमन्दिर विद्यालयलाई ५ रोपनि बराबर को जग्गा दान गर्ने जग्गा दाता स्व.पुर्ब प्रधानपन्च गणेश बहादुर रावलका नाति नेपाली काङ्ग्रेस प्रदेश सभा “ख” का उपसभापति ई.दीपेन्द्र रावल, लायन्स क्लब लमजुङका संस्थापक अध्यक्ष सुरेशमान प्रधान, लायन्स क्लब लमजुङका अध्यक्ष राम वस्नेत, लोटरी क्लबका निवर्तमान अध्यक्ष वेनबहादुर सुयल, विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्र.अ.सुमित्रा श्रेष्ठले विद्यालयको गतिविधिका बारेमा जानकारी दिदै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेकी थिइन्ग । उक्त कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सम्झना वि.क.ले गरेकी थिइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button