हेडलाईनसमाचारगण्डकी

ढुङ्गाना प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको अधिवेशन सम्पन्न : अध्यक्षमा भोजराज

प्रहार समाचार । तनहुँ, २१ मंसिर २०८१ सोमवार । ढुङ्गाना प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशन हिंजो पोखरामा सम्पन्न भएको छ। उक्त अधिवेशन बाट भोजराज ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्व सम्मत निर्वाचित भएका छन्।

समितिको उपाध्यक्षमा ऋषिराम ढुङ्गाना ‘सेवक’, सचिवमा बिचित्र नाथ ढुङ्गाना, कोषाध्यक्षमा  केशव प्रसाद ढुङ्गाना रहेका छन्। यसैगरि सदस्यहरुमा  राजन ढुङ्गाना, घनश्याम ढुङ्गाना , खीमराम ढुङ्गाना ,मनोहारी ढुङ्गाना , सीता ढुङ्गाना र पुष्पकमल ढुङ्गाना निर्वाचित भएका छन्।

उक्त अधिवेशनले केन्द्रीय उपाध्यक्षमा डा.दीर्घनाथ ढुङ्गाना र केन्द्रीय सदस्यमा विष्णुहरि ढुङ्गाना सर्वसम्मत चयन गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button