हेडलाईनसमाचारगण्डकी

शिक्षक संघ मध्य नेपाल लमजुङको सातौं नगर प्रतिनिधि सभा सम्पन्न

• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, २१ पुस २०८१ आइतवार । नेपाल शिक्षक संघ मध्य नेपाल नगर कार्य समितिको सातौं नगर प्रतिनिधी सभा  सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन पछि बोल्दै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरु प्र.अ.भएको विद्यालय नमुना विद्यालय हुनु पर्नेमा जोड दिए । उनले  शिक्षकहरु  हरेक क्षेत्रमा उदारहणीय बन्नु पर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस लमजुङका उपसभापति आनन्द घिमिरे, नेपाल शिक्षक संघ संघीय सदस्य विष्णुहरी बास्तोला, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव शिवराज अधिकारी, ट्रेड युनियन कांग्रेस लमजुङका अध्यक्ष तीर्थ तिवारी, शिक्षक संघ  लमजुङका अध्यक्ष सूर्यबहादुर केसी, शिक्षक संघ तनहुका अध्यक्ष रमेश बाबु भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विभिन्न विधामा सम्मानित शिक्षकहरुलाई बधाई दिंदै यस कार्यको प्रशंसा गरे ।

कार्यक्रममा लमजुङका जिल्ला सचिव प्रदिपराज घिमिरे, कुसुमाकर मा.वि.का प्र.अ. धुर्वराज घिमिरे, इशानेश्वर मा.वि.का प्र.अ.रामकृष्ण घिमिरे, शिक्षक कल्याण सहकारीका अध्यक्ष अङ्गराज घिमिरे, पूर्व शिक्षक तथा नेपाल शिक्षक संघका पूर्व केन्द्रीय प्रतिनिधि रामचन्द्र घिमिरे शास्त्री, जन्म मन्दिर मा.वि.का प्र.अ. चन्द्रराज घिमिरे लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।

शिक्षक संघ स्थानीय कार्यसमिति मध्यनेपालका अध्यक्ष मोहनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा २६ जना जेष्ठ शिक्षकहरूलाई दीर्घ सेवा पदक,११ जना विभिन्न तहमा बढुवा भएका शिक्षकहरूलाई सम्मानपत्र र पालिका भित्रबाट यस वर्ष अवकाश भएका ६ जना शिक्षकहरुलाई दीर्घ सेवा पदक र सम्मान  पत्र सहित कार्यक्रमका प्रमुख अतिथि घर्तीले सम्मानित गरेका थिए ।

स्थानीय कार्यसमितिका उपाध्यक्ष कामना खनालले उपस्थित सबैलाई स्वागत गरेको कार्यक्रमको  सहजीकरण स्थानीय कार्यसमितिका सचिव उदयचन्द्र कँडेलले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button