प्रहार समाचार । तनहुँ, २१ पुस २०८१ आइतवार । तनहुँको म्याग्दे गाउपालिका आर्थिक विकास शाखाका प्रमुख प्रदिप न्यौपाने सम्मानित भएका छन्।

राजधानी काठमाडौंमा आयोजीत एक कार्यक्रमका बिच हिंजो विभिन्न विधाका प्रशासकहरुलाई सम्मान गर्ने क्रममा उपसभामुख इन्दिरा रानाले न्यौपानेलाई सम्मान गरेकी हुन् ।
उद्यम र उद्योग सम्बन्धि दख्खल भएका न्यौपाने विगत एक दशक अगाडी देखि सरकारी सेवामा कार्यरत छन् । २०७५ सालबाट तनहुँको म्याग्दे गाउँपालिकामा कार्यरत न्यौपाने हाल पालिकाको आर्थिक विकास शाखा प्रमुख रहेका छन् ।
























