हेडलाईनसमाचारप्रदेश

आजको मौसम : सुदूरपश्चिम लगायत पहाडी भूभागमा वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ,१२ पुस २०८१ शुक्रवार । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली भित्रिएका कारण आज साँझदेखि देशको पश्चिमी भूभागबाट पानी पार्ने सम्भावना रहेको छ।

आज साँझबाट धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

उक्त प्रणालीको प्रभावका कारण आज  अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको छ। यसैले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन समेत मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button