हेडलाईनव्याससमाचारगण्डकी

पन्थबन्धुद्वारा मत्स्यकन्या आधारभूत विद्यालयमा झोला  वितरण

सुशिल बि क ( प्रशिक्षार्थी पत्रकार ) प्रहार समाचार । तनहुँ,११ पुस २०८१ बिहीवार । तनहुँको व्यास नगरपालिका वडा नं. १४,  छाब्दी  निवासी अविनाश पन्थ र दिवस पन्थले आज व्यास १२ मा रहेको मत्स्यकन्या आधारभूत विद्यालयमाका आर्थिक अवस्था कमजोर  विद्यार्थीहरुलाई  झोला  वितरण गरेका छन्।

विद्यालयका २० जना बालबालिकालाई झोला प्रदान गरेको  विद्यालयका प्रधानाध्यापक सुनिता देवकोटाले प्रहार समाचारलाई बताइन्। विद्यार्थीहरूलाई उक्त सहयोग गरेको भन्दै विद्यालयले पन्थलाई सम्मान गरेको छ।

कक्षा १२ मा अध्ययनरत  पन्थले आफ्नै पहलमा विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आएका छन्। सामाजिक सेवामा गहिरो  राख्ने उनलेले हरेक अभियानमा समाजको उत्थान र सहयोगका लागि काम गर्दै आएका छन्। उनकाे अभियानहरूलाई प्रभावकारी बनाउन दिवस पन्थले निरन्तर साथ दिँदै आएका छन् l

पन्थले पछिल्लो समय अभियान मार्फत बिपन्न र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग गर्दै आएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button