हेडलाईनव्याससमाचारगण्डकी

नेपाल पत्रकार महासंघ, तनहुँ शाखासंग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ, ११ पुस २०८१ बिहीवार । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा नेपाल पत्रकार महासंघ, तनहुँ शाखा संग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आज दमौलीमा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले बीमा सम्बन्धि अवधारणा र शिक्षा पाठ्यक्रममा नै समावेश गर्नु पर्ने उल्लेख गर्दै निर्जिवन बीमा लाई प्रभावकारी बनाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश पोखराका  प्रमुख केशवप्रसाद दाहालले बीमा प्राधिकरण बीमा कम्पनीहरुको नियमन निकाय भएकाले यस्ले नीयम सङ्गत रूपमा अनुगमन गर्दै देखिएका बिक्रिति तथा विसङ्गतीहरुलाई नियन्त्रण गरिने बताए । उनले बीमाले नोक्सान गर्दैन भन्दै सबैलाई बीमामा जोडीन आग्रह गरे ।

कार्यक्रमा प्राधिकरणका सहायक निर्देशक ऋचा कुशुम लम्सालले प्रशिक्षण दिएकी थिइन् भने कार्यक्रमको सहजिकरण सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button