हेडलाईनसमाचारबन्दीपुरगण्डकीविजनेस

तनहुँको बन्दीपुरमा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ सञ्चालन हुने : दुई लाख पर्यट भित्र्याइने

• शंकरराज नहर्की । प्रहार समाचार । तनहुँ, ११ पुस २०८१ बिहीवार ।  ‘पहाडकी रानी ‘ को उपनामले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा’ बन्दीपुर भ्रमण वर्ष २०१५’ सुरु हुने भएको छ । प्राकृतिक र संस्कृतिक रूपमामा धनी बन्दीपुरको असीमित पर्यटकीय संभावनहरु लाई विश्वमाझ पुऱ्याई समग्र बन्दीपुरको पर्यटन प्रवधन गर्ने र यस भेगको समग्र अर्थतन्त्रमा टेवा पुऱ्याउने उदेश्यले भ्रमण वर्ष यहि पुस १७ गतेबाट सुरु हुने भएको हो । 

भ्रमण वर्षका बारेमा जानकारी दिने उद्देश्यले आज बन्दीपुरमा आयोजित पत्रकार सम्मेलनमा बन्दीपुर गाउँ पालिकाका अध्यक्ष एवं भ्रमण वर्षका संरक्षक सुरेन्द्र बहादुर थापाले समग्र बन्दीपुरको पयर्टन प्रवंधन गर्न बन्दीपुर भ्रमण वर्ष २०२५  कोशेढुङ्गा सावित हुने बताए ।

मूल समारोह समितिका संयोजक एवं होटल  व्यवसायी वैश गुरुङले भ्रमण वर्षमा बास बस्ने गरि २ लाख पर्यटक भित्र्याइने उद्देश्य लिएर सोहि अनुरूप काम अगाडी बढिएको बताए । संयोजक गुरुङले प्राकृतिक र संस्कृतिमा आधारित पर्यटन क्षेत्रको विविधिकरण र बिस्तार द्वारा स्थानीय समुदायमा रोजगरीको भूजना गर्दै उनिहरुको जीवनस्तर उकास्न पनि  भ्रमण वर्ष सहायक सिद्ध हुने बताए ।

उनले बन्दीपुर सेरोफेरोमा रहेका मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्यायन अनुसन्धान गरि तिनिहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरि स्थानीय  समुदाय देखि अन्तराष्ट्रिय स्तरसम्म एक आपसमा सम्मान, सद्भाव एवं भाइचाराको अभिवृद्धि गर्ने लगायतका उद्देश्य लिइएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले बन्दीपुरको स्थानिय उत्पादनलाई ब्राण्डिङ गरेर विश्व माझ पुऱ्याउनु पर्नेमा जोड दिए । कार्यक्रमको सहजिकरण सचिवालय सचिव  विक्रम पियाले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button