हेडलाईनसमाचारप्रदेशखेलकुद

नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सको  पोल्टामा

प्रहार समाचार । काठमाडौं,६ मंसिर २०८१ शनिवार । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सको पोल्टामा परेको छ।

हजारौं दर्शकहरुका बिच खचाखच भरिएको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई  पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो । उपाधि जितेसँगै जनकपुर बोल्ट्सले १ करोड १० लाख पुरस्कार जितेको छ।

उपाधिको भिडन्तमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जनकपुर च्याम्पियन बनेको हो।
फाइनलमा पराजित भएर उपविजेता बनेपछि सुदूरपश्चिमले ५१ लाख रूपैयाँमा चित्त बुझाएको छ।

दोस्रो क्वालिफायरमा पराजित भएको कर्णाली याक्सले तेस्रो हुँदै २५ लाख पाएको छ। यस्तै, इलिमिनेटरको खेलमा पराजित भएको चितवन राइनोजले १५ लाख पुरस्कार प्राप्त गर्न सफल भएको छ।

एनपीएलको सबैभन्दा उत्कृष्ट नेपाली खेलाडी सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरी भएका छन्। उनले ओमोडा कम्पनीको एउटा कार पुरस्कार प्राप्त गरे ।

एनपीएलको सबैभन्दा उत्कृष्ट बलरको उपाधि जनकपुरका ललित राजवंशीले पाएका छन्। उनले नयाँ बाइक पाएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button