हेडलाईनसमाचारप्रदेशखेलकुद

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) २०८१ : आजबाट दोस्रो क्वालिफायरको खेल हुँदै

प्रहार समाचार । काठमाडौँ, ४ पुस २०८१ बिहीवार । काठमाडौ स्थित त्रिवि मैदान  कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज  दोस्रो क्वालिफायरको खेल हुँदैछ।

दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामना गर्दैछ। खेल आज   मध्याह्न १२ बजे  सुरू हुनेछ। हिंजो  इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो ।

चितवनविरूद्धको खेलमा कर्णालीका लागि डेब्यु गरेका भारतीय ब्याट्सम्यान जयकिशन अनिलभाइ कोल्सावालाले पावर प्ले सम्हालेका थिए। पछि विलियम बसिस्टो र चाडविक वाल्टनले पनि सानदार ब्याटिङ गरेपछि कर्णालीले चितवनविरूद्ध फराकिलो स्कोर जोडेको थियो। जिशन मक्सुद, नन्दन यादव र सोमपाल कामीले बलिङ सम्हाल्दा कर्णाली क्वालिफायरमा पुग्न सफल भएको थियो।

समूह चरणको खेलपछि शीर्ष चारमध्ये दोस्रो स्थानमा रहेको जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्नुपर्ने अवस्थामा पुगेको हो। जनकपुरका कप्तान अनिल साहले चोटका कारण पहिलो क्वालिफायर गुमाएका थिए।

लिग चरणको खेलमा भने जनकपुरले कर्णालीलाई सजिलोसँग हराएको थियो। त्यतिबेला कर्णालीले दिएको १४१ रनको लक्ष्य जनकपुरले २ विकेट मात्र गुमाएर १५.१ ओभरमै भेट्टाएको थियो। आजको विजेताल‍े उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button