प्रहार समाचार । तनहुँ, ३ पुस २०८१ बुधवार । प्रशान्त क्षेत्रमा पर्ने देश भानुआटमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ मंगलबार गएको ७।३ म्याग्निच्युडको भूकम्पमा परी २०० जना घाइते भएका छन् ।

उनीहरूको उपचार भइरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । सरकारी टोली बुधबार बिहान उद्धारमा व्यस्त छन् । भूकम्पबाट भवनहरू ध्वस्त भएको पाइएको छ । भानुआटु प्रहरीले सात दिनका लागि ‘आपतकालिन अवस्था’ लागू गरिएको जनाएको छ । मानिसहरूको आवतजावतलाई सीमित गर्नका लागि यो गरिएको हो ।

यो देश दक्षिण प्रशान्त क्षेत्रमा पर्ने ८० साना टापुहरूको एक हो । यो फिजीको पश्चिम र अष्ट्रेलियाको पूर्वमा रहेको छ ।
























