हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज हरिबोधिनी एकादशी पर्व मनाइँदै

प्रहार समाचार । २७ कात्तिक २०८१ मङ्गलवार । आज  हरिबोधिनी एकादशी पर्व तुलसीको विवाह दामोदरसँग गरेर  विशेष पूजा आरधना तथा ब्रत बसेर मनाइँदै छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने गरिन्छ । आज घरघरमा रहेको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ ।  तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।  

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आज नदि तथा तलाउमा अघिल्लो दिन घरमा सत्यनारायणको पूजा लगाई फूलको डोली तार्ने परम्परा पनि कायमै रहेको छ। तनहुँको देवघाटधाम , दमौलीको मादी र सेती नदिको संगम स्थाल लगायतका नदिहरुमा विहान सबेरै स्नान गर्ने भक्त जनहरुको भिड लाग्ने गर्दछ र सोहि व्यास गुफा परिसर आसपासमा मेला समेत लाग्ने गर्दछ । 

आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button