हेडलाईनसमाचारदेवघाटगण्डकीमनोरञ्जनसूचना प्रविधि

‘देवघाटधाम गण्डकी परिक्रमा महोत्सव-२०८१’ कार्तिक २९ गतेबाट

प्रहार समाचार । तनहुँ, २३ कात्तिक २०८१ शुक्रवार । तनहुँको प्रसिद्ध धार्मिक तिर्थस्थल पवित्र देवघाटधाममा  ‘देवघाटधाम गण्डकी परिक्रमा महोत्सव-२०८१  ‘ हुने भएको छ। महोत्सवलाई सफल पनि  देवघाट गाउँ पालिकाको आयोजनामा आज एक बृहत् अन्तर्रकृया कार्यक्रम आज  सम्पन्न भएको छ।

गाउँपालिकाको आह्वानमा तनहुँ देवघाट-५ का टोलविकास संस्था, सामुदायिक वन र अन्य विभिन्न संघसंस्थाको उपस्थितिमा विस्तृत छलफल गरि परिक्रमालाई सफल बनाउने विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आह्वान र अनुरोध गर्ने कार्य सम्पन्न गरिएको कार्यक्रम संयोजक एवं महेश संन्यास आश्रमका प्राचार्य फणीन्द्र प्रसाद पौडेलले प्रहार समाचारलाई  बताए ।


कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले गण्डकी परिक्रमा महोत्सव देवघाटको सान भएको चर्चा गर्दै यस महोत्सवलाई सफल बनाउन देवघाटवासी सबैको दायित्व रहेको बताए ।

कार्तिक २९ गते बिहान ७ बजे देवघाटधामको बेणी संगमबाट सुरु हुने उक्त गन्डकी परिक्रमा तनहुँ तर्फ पशुपतीनाथ मन्दिर, गंगा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पान्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर) को परिक्रमा गरिनेछ ।

यस्तै चितवन तर्फ देवघाट बसपार्कको संकल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारयण मन्दिर, सिताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरीनाथ गौशाला बागेश्वरी मन्दिर, आपँटारी दियालो बंगाल चोक, गणेशधाम क्षेत्र, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखराबसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ ।

उता  नवलपुर तर्फ गैडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिब्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको महेश संस्कृत गुरुकुल देवघाटका प्रधानाचार्य पौडेलले जानकारी दिए ।

उक्त महोत्सवमा देवघाटधामको पुर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, प्रसिद्ध मौलाकाली भगततीको दर्शन, पवित्र नदीहरुको दर्शन, धार्मिक नगरी नारयणगढको भ्रमण, रमणीय पर्वतको परिक्रमा गर्दै बैदिक सनातन धर्म र संस्कृतीको प्रबद्र्धन र प्रचार प्रसारको मुख्य कार्यक्रम रहेको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल ,देवघाट-५ का  सदस्य बुद्धि बहादुर पाण्डे,धर्मार्थ अस्पताल देवघाटका इन्चार्ज भुवन सुवेदी,चक्रवर्ती मणिमुकुन्देश्वर टोलका सचिव रामहरि पुडासैनी,मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमका अध्यक्ष भवानी प्रसाद तिमिल्सिना,देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,उद्योग बाणिज्य संघ देवघाटका रोशन श्रेष्ठ,देवघाट क्षेत्री समाजका अध्यक्ष गणेश थापा,सन्दिप ढकाल,देवघाट सामाजिक संयन्त्र सचिव बल बहादुर क्षेत्री,देवपुर टोलका अध्यक्ष सुकु गुरूङ  लगायतले कार्यक्रम सफल बनाउन सबैको साथ र सहयोग चाहिने बताए । कार्यक्रमकाे सहजिकरण देवघाट गाउँपालिकाका पर्यटन शाखाका हाेम बहादुर भारतीले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button