हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

कुवेत जान लागेका  युवतीलाई त्रिभुवन विमानस्थलबाट फर्काइयो

• विजय अधिकारी । (  संवाददाता  ) प्रहार समाचार , काठमाडौँ २३ कात्तिक २०८१ शुक्रवार । मानव तस्करको आशङ्कामा  कुवेत जान लागेका युवतीहरुलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ।


रोजगारीको शिलशिलामा त्रिभुवन विमानस्थलबाट कुवेत जान लागेका २२ जना युवतीलाई विमानस्थल बाटै फर्काइएको हो ।
 हिमालयन एयरलाइन्सको बिहीबार राति पौने नौ बजेको उडान बाट भिजिट भिसामा दुवई हुदै कुवेत जान लागेका ती  युवतीहरुलाई मानव तस्करीको आशङ्कामा विमानस्थलबाट अध्यागमनले फर्काइ दिएको हो । उनिहरुसंग एकातिरको बोर्डिङ पास र अर्कातिरको भिसा भएको फेला परेपछि राति नै फिर्ता गरिएको विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।


भट्टराईले भने – ‘ फर्काइएका युवतीहरुको टिकट पनि एक तर्फी मात्रै रहेको पाईएकोले “बदमासी प्रष्ट देखिएपछी फिर्ता गरेका हौ ।” उनीहरु संग दुवईको भिसा र कुवेतको बोर्डिङ पास थियो । यस घटनामा एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको तर पछी छोडेको छ । त्यसैले यस घटनामा कसैलाई पक्राउ गरिएको छैन ।


भिजिट भिसामा नेपाली युवतीहरु विभिन्न मुलुक जाने र अवैध रूपमा विभिन्न श्रमजन्य कार्यमा संलग्न हुने कारण सरकारले त्यसलाई नियमन र व्यवस्थापनको काम अगाडि बढाएको थियो ।
  भिजिट भिसाको बिकृती नियन्त्रण जरुरी भएको अध्यागमन प्रमुख भट्टराईले पनि स्वीकार गरेका छन्


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button