प्रहार समाचार । तनहुँ, २२ कात्तिक २०८१ बिहीवार । राष्ट्रपति रामचन्द्र पौडेलले आ छठ पर्वको अन्तिम दिन आज कालो छालाको जुत्ता लगाएरै अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

छठ पर्वको अवसरमा बिहीबार काठमाडौंको कमलपोखरीमा छठी माताको पूजा अर्चनापश्चात राष्ट्रपति पौडेलले कालो छालाको टलक्क टल्किएको जुत्ता लगाएरै उनले अस्ताउँदो सूर्यलाई अर्घ दिएकाे तस्विर अहिले सामाजिक सञ्जाल भरि छाएको छ । जस्तो आलोचना भएको छ।
राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले पनि छठ पर्वका अवसरमा छठी माताको पूजाआराधनामा सेङ्गै रहेकी थिइन् ।राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपरान्ह छठी माताको पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेल शुरूमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बागमती किनारमा र गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गरेका थिए ।

























