
प्रहार समाचार । तनहुँ , २२ कात्तिक २०८१ बिहिवार । तनहुँको व्यास नगरपालिकाले प्लास्टिक झोला प्रतिबन्धको अनुगमन लाई कडाइकासाथ आडी बढाएको छ। अनुगमनका क्रममा नगरपालिकाले हिंजो दमौली बजारका प्लाष्टिकका सामान बिक्रि गर्ने थोक विकेताहरूको पसलबाट ठूलो परिमाणमा प्रतिबन्धित प्लाष्टिका झोला जात गरेको छ।
व्यास नगरपालिका वन तथा वातावरण समितिका संयोजक रसिंङ नेपालीको नेतृत्वमा नगर प्रहरी सहायक निरिक्षक आशिष परियार सहितको टोलीले दमौली बजारका प्लाष्टिक पसलहरुबाट ३ सय ९३ केजी प्रतिबन्धित प्लास्टिक झोला बरामद गरेको हो ।
व्यास नगरपालिकाले पर्यावरणीय प्रभावलाई मध्यनजर गर्दै गत जेठ १ गतेबाट नगरपालिका भरी प्लास्टिक झोलाको प्रतिबन्ध लगाएको थियो ।

अनुगमनको क्रममा दमौली बजारमा रहेका सृष्टि प्लास्टिक उद्योगबाट १ केजी, नसिम स्टोर्सबाट ४ केजी, महाकाली जनरल स्टोरबाट १ सय २९ केजी, सूर्य प्लास्टिक पसलबाट १ सय २३ केजी र ज्ञानमाला भाडा प्लास्टिक पसलबाट १ सय ३५ केजी प्लास्टिक झोला बरामद भएको व्यास नगरपालिकाको सचिवालयले जनाएको छ। यसैगरी अन्य केही पसलहरूबाट पनि थप प्लास्टिक झोलाहरू बरामद गरिएको जनाइएको छ।
नगरपालिकाले प्लास्टिक झोलाको प्रयोग नगर्न जनचेतना फैलाउन विभिन्न कार्यक्रमहरू गर्दै आएको भए पनि, अझै पनि बजार क्षेत्रमा यसको प्रयोग भइरहेको पाइएपछि यस प्रकारको अनुगमन अभियान चलाइएको हो। नगरपालिकाले आगामी दिनमा समेत यस्ता अनुगमनलाई निरन्तरता दिने र प्लास्टिक झोलाको प्रयोगलाई पूर्णतः रोक्ने योजना बनाएको छ।
पर्यावरण संरक्षणका लागि गरिएको यो कदमले नगरवासीहरूलाई जागरुक बनाउँदै प्लास्टिक मुक्त नगर बनाउने लक्ष्य राखेको नगरपालिकाले जानकारी दिएको छ।

























