• सुशिल बिक ( प्रशिक्षार्थी पत्रकार ) प्रहार समाचार । तनहुँ २१ कात्तिक २०८१ बुधवार । नेपाली फूटबल राष्ट्रिय महिला टिमको महत्वपूर्ण खेलाडी सदस्यका रूपमा भुमिका निर्वाह गर्ने तनहुँकी चेली राष्ट्रिय खेलाडी बिमला बि.क सम्मानित भएकी छन्।
बि.क. लाई व्यास नगरपालिका वडा नं ४ मा रहेको कन्काई ग्लोवल एकेडेमीले एक कार्यक्रम बीच आज विद्यालयमा सम्मान गरेको हो ।

राष्ट्रिय खेलाडी बि.क. लाई विद्यालयका प्रबन्ध निर्देशक मिलन गोदारले विद्यार्थी तथा शिक्षकहरूको उपस्थितिमा बधाई , सम्मान तथा मायाँको चिनो प्रदान गर्दै उत्तरोत्तर प्रगतिको कामना गरे ।

बि. क. ले १७ अक्टोबर देखि ३० अक्टोबर २०२४ सम्म नेपालको दशरथ रङ्गशालामा आयोजना गरिएको साफ महिला म्याम्पेन्सिप सातौं संस्करणमा नेपाली फूटबल राष्ट्रिय महिला टिमको महत्वपूर्ण खेलाडी सदस्यका रूपमा महत्वपूर्ण भुमिका निर्वाह गरेकी थिइन् । त्यस अवसरमा उनले आफ्नो अनुभव बाँड्ने क्रममा विद्यालयका विद्यार्थीहरूलाई पढाइका अतिरिक्त खेल क्षेत्रको सफलताले पनि राष्ट्र र समाजलाई केही गर्न सकिन्छ भन्ने हौसला प्रदान गरेकी थिइन् ।

























