• विजय अधिकारी । ( संवाददाता ) । नवलपुर / नवलपुरको कुमारवर्ति माध्यमिक विद्यालय मध्यविन्दु नगरपालिका वडा नम्बर -२,कोल्हुवामा कक्षा १२ मा अध्ययनरत एक छात्राको फेला परेको छ।

मध्यविन्दु नगरपालिका वडा नम्बर -४,लुस्लहरीकी १९ बर्षकी विपना चौधरी गत सोमबार मुग्लिनबाट बेपत्ता भएकी थिइन् । उनको शव बिहीबार साँझ फेला परेको हो । नारायणी नदीको किनारमा (मध्यविन्दु नगरपालिका वडा नम्बर १५ को कोलकट्टा क्षेत्रको किनारमा) माछामार्न गएका बोटेहरुले उनको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
राति नै उनको शव मध्यविन्दु जिल्ला अस्पताल डान्डामा ल्याइ पोस्टमार्ट्म गर्दा शव विपनाकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका डियसपी जेसी शाहले बताए । कुमारवर्ती माध्यमिक विद्यालय बाट कक्षा ११ र १२ का विधार्थी पिकनिक खान कार्तिक १२ गते तनहुँको बन्दिपुर गएर फर्कने क्रममा नारायणघाट – बुटवल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न भनेर गएकी चौधरी त्यस पछी व्यपत्ता भएकी हुन । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइ रहेको जनाएको छ ।
























